सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा डायलासिस सेवा सुरु हुँदै, विभागको टोलीद्धारा निरीक्षण

२०७९ चैत्र २४, ०७:३२ खबर संवाददाता

धनगढीः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विभागको टोली पुगेको छ।

स्वास्थ्य सेवा विभागको टोलीले अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको हो। स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा. खगेश्वर गोलाल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदिश जोशी, वरिष्ठ कंसल्टेन्ट नेप्रोलोजीस्ट डा. जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलासिस सेवाको निरीक्षण गरेका हुन्।

अस्पतालले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको छ। स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरीक्षण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए। उनले शुक्रवारदेखि परीक्षणका रूपमा डायलासिस सेवा शुरू गर्ने गरी तयारी गरिएको बताएका छन्। स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन भएको थिएन्। बिहीवार विभागको टोलीले डायलासिस बार्डको निरीक्षण गरेको हो। महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीलाइ समस्या हुने गरेको छ।

कञ्चनपुरका बिरामीले धनगढीको सेती अस्पताल आउनुपर्ने बाध्यता छ। महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आए जिल्लाका बिरामीले धनगढीलगायत अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता हट्नेछ। 

कमेन्ट लोड गर्नुस