बैतडीको एक विद्यालयको लफडा उच्च अदालत पुग्यो
बैतडीः बैतडीको एक विद्यालयको लफडा उच्च अदालत पुगेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर। १ को सिद्धेश्वर माध्यामिक विद्यालयको लफडा उच्च अदालत पुगेको हो।
विद्यालयका लेखापाल करवीर भटराईले बिना कारण हटाएको भन्दै उच्च अदालतमा मुद्दा दर्ता गरेका हुन्। उनले विद्यालय व्यवस्थापन समितिले बिना कारण हटाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका हुन्।
भट्टराईले सिद्धेश्वर माध्यामिक विद्यालष् पाटन १ मेल्चौरालाई विपक्षी बनाई उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासमा चैत्र २० गते रिट निवेदन दिएका छन्। न्यायाधिस राजेन्द्र सुवेदीको एकल इजलासले लेखापाल भट्टराईलाई वा निवेदकले अन्तरिम आदेश माग गरेर बमोजीम आदेश दिन अस्वकार गरेका छन्। तर लेखापाल भट्टराईलाई सेवाबाट बर्खास्ति गर्दा गरिएको निर्णयसहित कारवाहीको फाईल समेत लिई चैत्र २८ गते अदालतमा छलफलका लागि आउन भनीएको छ।
के थियो घटना ?
सिद्धेश्वर माध्यामिक विद्यालयका लेखापाल करवीर भट्टराईले सामाजीक परिक्षणमा नगद रकम चलाएको आरोप छ। विद्यालयको सम्पती हेनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी समेत परेको थियो। उजुरी पछि विद्यालयका आर्थिक क्रियाकलापका सबै कागजपत्र प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन झिकाए। सो कागजातमा लेखापाल, त्तकालीन प्रधानाध्यापक लालुराम विकका नाममा रकम नगद देखियो। सो रकाम त्तकाल विद्यालका नाममा जम्मा गरी अभिभावक भेलाबाट सामाजीक लेखापरिक्षण गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दियो। सो अनुसार करिब ४ लाख आफुसँग र त्तकालीन प्राधानध्यापकसँग रहेको रकम २ वर्ष अगाडी २०७७ सालमा नै जम्मा गरेको लेखापाल करविर भट्टराईले बताए। लालुराम विकले राजीनामा गरे।
लेखापाल भट्टराईलाई विद्यालय व्यवस्थापन समिति र अभिभावकले माफी दिएका थिए। तर २०७९ सालमा नयाँ विद्यालय व्यवस्थापन समिती गठन भयो। हिक्मत रावलको नेतृत्वमा बन्नेको विद्यालय व्यवस्थापन समिती र गणेश भट्टराई नेतृत्वमा बन्नेको शिक्षक अभिभावक संघले निजी स्रोतबाट पाउने लेखापालको ५ हजार तलब घटाउने निर्णय भयो। सो निर्णकको एक महिना नसकिदै उनलाई सो समितिले कार्यालयका कागजपत्र गोप्य राखेको भन्दै सेवाबाट नै हटाउने निर्णय गरेको शिक्षक अभिभावक संघका अध्यक्ष गणेश भट्टराईले बताए।
हटाउनका लागि २ सय भन्दा बढी जनताको घरघर पुगेर हस्तारक्षर संकलन समेत गरिएको थियो। लेखपाललाई सेवाबाट हटाएको कुनै व्यक्तीमार्फत जानकारीपछि उनले पाटन नगरपालिकामा पुर्नवाहालीका लागि निवेदन दिए। सो निवेदनका आधारमा पाटन नगरपालिकाले पीटीए अध्यक्ष र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहितको टिमलाई नगरपालिका छलफलका लागि बोल्यो। अध्यक्ष धनगढी भएपछि विद्यालय व्यवस्थापन समिति सदस्य र पिटीए अध्यक्षसँग दुई दिने छलफलपछि नगरपालिकाले लेखापाल भट्टराईलाई शिक्षा निमावली र अदालतका नजिरहरु हेर्दा हटाउने निर्णयलाई बदर गर्दै पुर्नवाहालीका लागि पत्राचार गरियो।
तर विद्यालय व्यवस्थापन समितिले लेखापाललाई हाजिर हुन नदिई हाजिरी रजिष्टर समेत लुकाई दिएको भट्टराईको आरोप छ। त्यसपछि उनी अदालतको ढाकामा पुगेका हुन्। अदालतले छलफलका लागि भन्दै विद्यालय व्यवस्थापन समितिलाई सेवाबाट हटाउनु पर्ने फाईलसहित चैत्र २८ गते बोलाएको छ। तर विद्यालय व्यवस्थापन समितिले चैत्र २२ गते अभिभावको भेला राख्यो। भेलामा हटाउनु पर्ने भन्दा हटाउन नहुर्ने पक्ष बढी देखीएपछि स्थानीय सरकारसँग थप छलफल गर्ने भन्दै भेला सकियो।