सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२०७९ चैत्र २२, ०७:३१ खबर संवाददाता

काठमाडौं: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन। उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए।

 अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो। ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

कमेन्ट लोड गर्नुस