सुदूर नेपाललाई विश्वसँग जोड्दै

एशियन लाईफद्धारा खेलकुदका सामाग्री सहयोग

२०७९ चैत्र २१, ०९:५० खबर संवाददाता

धनगढी :  एशियन लाईफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले खेलकुदका सामाग्री सहयोग गरेको छ।  १५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको हो। 

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ बागचौरमा रहेको भूमिराज प्राथमिक विद्यालयलाई शैक्षिक समाग्री वितरण गरेको छ। वार्षिकोत्सवकै अवसरमा संंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत डडेल्धुरा शाखाले भलिबल, व्याटमान्टन, स्कीपिं डोरी र सानो बल तथा व्याट हस्तान्तरण गरेको कार्यालय प्रमुख रमेश विष्टले बताए।

शाखा प्रमुख  विष्टलेले संचालक समिति अध्यक्ष र प्रअलाई संयुक्त रुपमा मंगलवार खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन्। 


 

कमेन्ट लोड गर्नुस