सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिटरब्याजपीडित र सरकारबीच पाँच बुँदे सहमति

२०७९ चैत्र १८, ०९:१६ खबर संवाददाता

काठमाडौँः मिटरब्याजपीडित र सरकारबीच पीडितबीच पाँच बुँदे सहमति भएको छ।

काठमाडौं केन्द्रित आन्दोलनका लागि मधेशबाट मिटरब्याजपीडित पैदल हिँडेर काठमाडौं पुगेका थिए। उनीहरूले काठमाडौंमा आन्दोलन र सरकारसँग वार्ता सँगसँगै गरिरहेका थिए। शनिबार सरकार सँग सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको छ।मिटरब्याजपीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने सहमति भएको छ।

पूर्वन्यायाधीश वा आयुक्त तहको संयोजकत्वमा प्रहरी महानिरीक्षक र महान्यायधिवक्ता पनि सदस्य रहने गरी आयोग गठन गर्ने सहमति भएको हो। यस्तै पीडितको गुनासो सुनुवाईका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय सहजीकरण समिति बनाउने पनि सहमति भएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले सहमति कार्यान्वयनका लागि आफू सक्रिय रहने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस