बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
धनगढीः बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको जयथृथ्वी नगरपालिका वडा नम्बर ९ मा पवनदुत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन वर्षीय बालक बोहरालाई शनिवार सुर्मा गाउँपालिका वडा नम्बर ३ का धनबहादुर बोहराका छोराको बसको ठक्करबाट मृत्यु भएको हो। पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।