सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको कराँचीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु

२०७९ चैत्र १८, ०७:२१ खबर संवाददाता

एजेन्सी: पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। आठ महिला र तीन बालबालिकाको मृत्यु भएको हो।  २९ जना गम्भीर घाइते भएका छन्।

घटना कराँचीस्थित एक कारखाना परिसरमा भएको हो। रमजानमा खाद्यान्नलगायत अन्य सामग्री वितरण गरिरहेको स्थानमा भागदौड मच्चिएको हो। रमजान चलिरहेका वेला पाकिस्तानमा निशुल्क पिठो पाउन भागदौडका घटना भइरहेका छन्। केही दिनअघि पञ्जाब प्रान्तमा पिठो वितरण भइरहेको स्थानमा संघर्ष चल्दा ११ जनाको मृत्यु थियो । 

कमेन्ट लोड गर्नुस