सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी अस्पतालले दुई दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने

२०७९ चैत्र १७, ०५:१२ खबर संवाददाता

बैतडीः बैतडीमा स्वास्थ्य शिविर हुने भएको छ।

जिल्लाको धामी गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यहि चैत २४ र २५ गते जिल्लाको डिलाशैनी गाउँपालिका ७ मा रहेको डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। जिल्ला अस्पताल बैतडीको आयोजनामा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम अन्तरर्गत डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन हुन लागेको हो।

शिविरमा हाडजोर्नि तथा नसा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोग सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ। यस्तै एमडीजिपी,इसीजी,अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवाका साथै निःशुल्क औषधि तथा परामर्श दिइने जिल्ला अस्पताल बैतडीले जनाएको छ।

जिल्ला अस्पताल बैतडीले टाढा रहेका नागरिकलाई लक्षित गरेर ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको हो।
 

कमेन्ट लोड गर्नुस