सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुन्डाईको विद्युतीय कार खरिदमा ५ लाखसम्मको नगद छुट

२०७९ चैत्र १६, ०७:३१ खबर संवाददाता

काठमाडौंः नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ।

“हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना अन्तर्गत कम्पनीको कुनै पनि विद्युतीय सवारी खरिदमा विभिन्न छुट पाउन सकिनेछ। विहीबारबाट सुरु भएको यो अफरमा कुनै पनि नयाँ हुन्डाईका विद्युतीय गाडी, कोना र आयोनिक फाइभ खरिद गर्दा ५ लाख रुपैयाँ सम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

साथै नयाँ वर्ष बोनसको रुपमा ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस स्वरुप ८० हजारसम्म छुट दिने छ। यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पनि पाउनेछन्।

सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कमेन्ट लोड गर्नुस