सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज मन्त्रिपरिषद् विस्तार हुँदै

२०७९ चैत्र १६, ०६:१८ खबर संवाददाता

काठमाडौंः आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ। नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

बुधवार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई÷दुई मन्त्रालय दिने सहमति भएको छ। लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक÷एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ।

एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ। मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन। बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई दिन माग गरेका छन्।

कमेन्ट लोड गर्नुस