पूर्व सांसद धामी सरकारी मोटरसाइकल लिएर ‘मिसन ग्रासरुट’मा

धनगढीः पूर्व सांसद नरबहादुर धामी सरकारी मोटरसाइकल लिएर ‘मिसन ग्रासरुट’मा देखिएका छन् ।
कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित सांसद धामी नेकपा एमालेको 'मिसन ग्रासरुट :पार्टी सुदृढीकरण तथा विस्तार अभियान'मा सरकारी मोटरसाइकलको प्रयोग गरेका हुन् ।
उनले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै "mission grass root वार्ड नं २ बास्कु महाकालीकाे कार्यक्रमपश्चात यात्रा वार्ड नं १ पञ्चेश्वरतिरकाे " लेखेका छन् । तर केही समयपछि धामीले यो पोष्ट फेसबुकबाट हटाएका छन्।

