सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगियो, बिहीबार नव मन्त्रीहरुले शपथ लिने

काठमाडौंः सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरुबीच सहमति जुटेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो। बैठकमा कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिनेमा सहमति जुटेको छ।
नयाँ मन्त्रीहरुको शपथ बिहीबार गराउने तयारी गरिएको छ।

