सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैनपुर–ताक्लाकोट सडक निर्माणमा ठेकेदारको बदमासी, सम्झौता तोड्ने तयारी

२०७९ चैत्र १५, ०९:२६ कमल सावद

धनगढीः सेती लोकमार्ग अन्तर्गत बझाङको चैनपुर–ताक्लाकोट सडकको ४५ किलोमिटर ट्रयाक निर्माण गर्न २०७४ को मंसिरबाट काम सुरु भयो। चैनपुरदेखि चीनको सिमाना ताक्लाकोटसम्म एक सय १७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार छ। ४५ किलोमिटरको मात्र नयाँ ट्रयाक निर्माण गर्न ८५ करोडमा सम्झौता गरिएको हो।

तर गत मंसिरदेखि सडक निर्माणको काम अलपत्र छ। सडक निर्माणको काम पाँच महिनादेखि अलपत्र परेपछि ठेक्का तोड्ने प्रक्रिया थालिएको छ। चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयका प्रमुख इन्जिनियर पंकजसिँह धामीका अनुसार ४० किलोमिटरमा काम हुँदैछ। उनले भने, ‘पछिल्लो चरणमा काम भएन। मंसिरदेखि माघसम्म कुनै काम भएन यहि अवस्थामा रहने हो भने, माथिल्लो ठेक्का तोड्ने प्रक्रिया सुरु भइसकेको छ। ७० प्रतिशत काम भएको छ।’

कैलालीको बौनियाँबाट सुरु भएको सेती लोकमार्ग डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोडिने नेपालको सबैभन्दा छोटो सडक मार्ग हो। सेती लोकमार्गको उत्तरीखण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरैभञ्ज्याङसम्म एक सय १७ किलोमिटर लम्बाइ छ। ४५ किलोमिटरको ट्रयाक निर्माणको ठेक्का भए पनि ४० किलोमिटरको मात्र काम पूरा भएको छ।

गत भदौसम्म काम पूरा गर्नुपर्नेमा असारसम्मका लागि समय थप भएको छ। असारसम्म समय थप गरिएको छ। ‘नागराजुनले काम गर्न सकिरहेको छैन। बाँनियाको समूहले अनुगमन गरेको छ। एक÷दुई दिनमा निर्णय दिन्छौ भनेका छन्। एक महिनामा प्रगति देखिएन भने,’ ठेक्का तोड्छौ उनले भने।

चैनपुरदेखि धुलीसम्म सडक निर्माणका लागि दुईवटा प्याकेजमा राजेन्द्र निर्माण सेवा र स्वच्छन्द–बानियाँ–नागार्जुन जेभीले काम गर्दैछन्। तर सडक निर्माणको काम नभएकाले चालु आर्थिक वर्षमा विनियोजन भएको ३० करोडमध्ये प्रगति २ करोड मात्र देखिएको छ। सडक निर्माणको ठेक्का पाएको स्वच्छन्द–बानियाँ–नार्गाजुन जेभीले काम नगरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो।

चालु आर्थिक वर्षमा विनियोजन भएको ३० करोड खर्च नहुने देखिएपछि योजना कार्यालयले नयाँ ठेक्काको प्रक्रिया सुरु गरेको छ। १८ किलोमिटर सडक कालोपत्र गर्न नयाँ ठेक्काको प्रक्रिया थालिएको छ। भुपुरदेखि रुपातोलासम्मको सडक कालोपत्रका लागि ठेक्काको प्रक्रिया थालिएको धामीले बताए। संघीय सरकार मातहतको चैनपुर–ताक्लाकोट योजना कार्यालयले ४५ किलोमिटर नयाँ ट्रयाक निर्माणको ठेक्का तोड्ने प्रक्रिया थालेको छ।

सेती लोकमार्गको बिजोक, आधाभन्दा बढी निर्माण १४ वर्षदेखि अधुरै

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस