सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाईको हत्या गर्ने एक जना पक्राउ

२०७९ चैत्र १५, ०७:३९ खबर संवाददाता

बैतडीः बैतडीमा गाईको हत्या गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।

मदिरा सेवन गरी सोमवार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको प्रहरी निरिक्षक जोशीले बताए। गाईलाई मार्ने भूल सोमबार राती नै नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस