आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

२०७९ चैत्र १५, ०६:०६
काठमाडौं: मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। मंगलवार साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भएनपनि कुनै सहमति हुन सकेको थिएन। नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

कमेन्ट लोड गर्नुस