सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका १२ मा ११ स्थानीय तह दमकल विहीन

बझाङको चैनपुरको एक उद्योगमा लागेको आगो
बझाङको चैनपुरको एक उद्योगमा लागेको आगो । फोटो स्रोत ।
२०७९ चैत्र १४, ०५:४८ खबर संवाददाता

बझाङः बझाङका १२ मा ११ स्थानीय तह दमकल विहीन छन्। जिल्लाको जयपृथ्वी नगरपालिकासँग मात्र दमकल छ। जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले दमकल सञ्चालनमा रहेको बताए। उनले जिल्ला प्रशासन कार्यालयमा नगरपालिकाको दमकल राखिएको बताए। जिल्लामा हुने आगलागीका घटनामा नगरपालिकाको दमकल प्रयोग हुँदै आएको छ। 

जिल्लाका अन्य ११ वटा स्थानीय तहहरुसँग दमकल छैनन्। जिल्लाका सबै स्थानीय तहहरुमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा नभएको हो। यातायात सेवाको पहुँचमा पुगेका पालिकाहरुले हालसम्म दमकल खरीद नगरेको स्थानीयले बताएका छन्। जिल्ला सदरमुकाम चैनपुर बजारसहित अन्य स्थानहरुमा अव्यवस्थित बसोबासका कारण दमकल चलाउन मिल्ने सडक छैन। यसबाट आगलागी नियन्त्रणमा समस्या भएको खप्तडछान्ना गाउँपालिकाका स्थानिय विजय सिहँले बताए। जिल्लाका धेरै ठाउँमा आगलागीका घटना हुने गरेका भएपनि दमकल नहुँदा ठुलो क्षति हुँदै आएको उनले बताए। दमकल खरीद गर्न स्थानीय तहले चासो नदिएका उनले बताए। 

जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल खरिदमा  ध्यान नदिएको जिल्लाका नागरिकले बताउदै आएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि बझाझका  स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन्। दमकल खरि नगर्न  लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस