सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हाफ म्याराथन आयोजना हुने

२०७९ चैत्र १४, ०३:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ। धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता बैशाख १ गते बिहान ७ देखि धनगढी रंगशालाबाट शुरु हुने बताए।

उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ बिधा समावेस गरिएको बताए। म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमीटर), कर्पोरेट र संचार (५ किलोमीटर), ट्राइसाइकल रेस (५ किलोमीटर) र महिला (५ किलोमीटर) गरी चार बिधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुंवरले बताए।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार पाँच सय ५५, ३३ हजार तीन सय ३३ र २२ हजार दुई २२ नगद प्राप्त गर्नेछन। त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार पाँच सय ५५, ३ हजार तीन ३३ र दुई हजार दुई २२ रुपैयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस