इक्वेडरमा पहिरोका कारण १६ जनाको मृत्यु

२०७९ चैत्र १४, ०५:५५
काठमाडौं: दक्षिणी इक्वेडरमा भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य बेपत्ता भएका छन्।
इक्वेडरको जोखिम व्यवस्थापन सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमा आइतबार राति अलौसीको सानो समुदायमा बगेको माटो तथा मलबेको छालबाट कम्तिमा १६ जनाको मृत्यु भएको र करिब ५०० अन्य प्रभावित भएको बताएको छ।


कमेन्ट लोड गर्नुस