सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन अस्पतालमा सिटी स्क्यान सेवा सुरु

२०७९ चैत्र १३, १०:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थीत नवजीवन अस्पताल प्रालीमा सिटी स्क्यान सेवा सुरु गरिएको छ। नवजीवन अस्पतालले एक पछि अर्को गर्दै सोमबार देखी सिटी उच्च स्तरीय प्रबिधिको हाई क्वालीटीको सिटी स्क्यान सेवा सुरु सुरु गरिएको जनाएको छ।

सोाामबार बाट हाई क्वालीटीको उक्त सेवा सुभारम्भ भएको सम्पूर्ण आम बिरामी तथा सेवाग्राहीलाई जानकारी गराइएको अस्पतालका सिइओ चक्र खडायतले बताए। अस्पतालले केही दिन अघि इमरजेन्सी फाँटबाट सिटीस्क्यान जडान गरेर सेवा प्रदान गरिने जानकारी दिएको थियो।

नवजिवन अस्पताल २०६८ सालबाट स्वास्थ्य बिभाग काठमाण्डौँबाट ५० शैय्याको संचालन स्वीकृती लिई संचालनमा रहेकोमा यसै आर्थिक बर्षबाट १०० शैय्यामा स्तरोउन्नती गरिएको छ। अक्सिजन अभावलाई मध्यनजर राख्दै दिर्घकालीन रुपमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको छ। अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा समेत  प्रदान गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस