थ्रीस्टार क्लब मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा
कैलालीः कैलालीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा थ्रीस्टार क्लबल प्रवेश गरेको छ।
कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपमा ए डिभिजन क्लब फेण्ड्सलाई पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो। धनगढी रङ्गशालामा आइतबार भएको खेलमा फेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाईनल पुगेको हो।
खेलको ५९ औं मिनेटमा थ्रीस्टारका लागि दिपेश गुरुंगले गरेको गोल नै निर्णायक भयो। निर्णायक गोल गरेका दिपेश नै खेलको म्याच अफ द म्यान भए। थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्गत भोली मनांग मस्यांगदी क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ।