कञ्चनपुरको भीमदत्तमा पागल स्याल आतङ्क, रेबिजले एक बाख्रा म¥यो

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रेबिजको प्रकोप व्यापक देखिएको छ।
यसअघि बहुलाहा कुकुर र स्यालले टोक्दा एक गाई र एक भैंसी मरेको भीमदत्तमा शुक्रवार एक बाख्रा पनि मरेको छ। शुक्रवार भीमदत्त नगरपालिका वडा नम्बर १३ बडैपुरमा रेबिज लागेर बाख्रा मरेको पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख पशु चिकित्सक डाक्टर नरेशप्रसाद जोशीले बताए।
‘भीमदत्त–१३ बडैपुरमा रेबिज लागेर बाख्रा मरेको पुष्टि भएको छ,’ उनले भने, ‘बाडैपुर क्षेत्रमा मात्रै बहुलाहा स्यालले ३०÷३५ बाख्रालाई टोकेको स्थानीयले बताए। मरेको बाख्रालाई पनि स्यालले टोकेको रहेछ।’ कञ्चनपुर जिल्लामै गत वर्षको फागुनदेखि रेबिजको प्रकोप व्यापक फैलिएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले पनि जनाएको छ।

