सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाका दुई हस्पिटल शील, ८ औषधि पसलमा अनुगमन

२०७९ चैत्र ११, ०६:४६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाका दुई हस्पिटल शील गरिएको छ। आज गरिएको अनुगमनका क्रममा कैफियत फेला परेपछि दुई हस्पिटल बन्द (शिल) गरिएको हो।

अत्तरियाको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक हस्पिटल शिल गरिएको छ। औषधि स्वास्थ्य विभाग नेपालगन्ज, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रचालय, र जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा ती दुबै हस्पिटलमा कैफियत फेला परेपछि शीलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ।

आज संयुक्त अनुगमन टोलीले अत्तरिया र धनगढीका ८ औषधी पसलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा धेरै जसो औषधि पसल उचित मापदण्ड पुरा नगरेरै सञ्चालन भएको समेत पाइएको अनुगमन टोलीले बताएको छ। अत्तरियामा रहेका दुई हस्पिटलले त सामान्य मापदण्ड समेत अपनाएको नपाइएकाले बन्द अर्थात शिलवन्दी गरिएको अनुगमन टोलीले जानकारी गराएको छ। 

अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नविकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धिका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको परेका थिए।

कमेन्ट लोड गर्नुस