सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका सडकमा निर्माण सामग्री राखे कडा कारबाही हुने

२०७९ चैत्र ११, ०३:४९ खबर संवाददाता

बैतडीः बैतडीको जिल्ला प्रशासन कार्यलयले सडक किनारमा जथाभावी ढुङ्गा, गिट्टी र बालुला राखे कडा कारबाही गर्ने भएको  छ।

जथाभावी सडकमा निर्माण सामग्री राखे  प्रशासनले निर्माण कम्पनि तथा ठेकेदारलाई  नियन्त्रणमा लिएर कारबाही गर्ने भएको हो। सडक दुर्घटनाको जोखिमलाई नियन्त्रण गर्नका लागि  सडक क्षेत्रमा निर्माण व्यवसायी र स्थानीयलाई जथावी निर्माण सामग्री नराख्न आग्रह गरेकोे प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

सडक यातायातलाई सुरक्षित, सुव्यस्थित र भरपर्दो बनाउन अबरोध हटाउने निर्णय गरेको उनले बताए।  ग्रामीण सडकमा टिप्पर तथा मालवाहक साधनमा झुण्डिएर यात्रा गर्ने प्रवृत्ति समेत बढेकाले झुण्डिएर यात्रा नगर्न÷नगराउन पनि प्रशासनले आग्रह गरेको छ।प्रशासनले  गरेको यो निर्णय कार्यान्वयनमा आए सडक अवरोध हटेर  दुर्घटना कमहुने स्थानीयले अपेक्षा गरेका छन्। 

कमेन्ट लोड गर्नुस