सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १५ शय्याको अस्पताल निर्माण हुँदै 

२०७९ चैत्र ११, १२:१२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा १५ शय्याको अस्पताल निर्माण हुँदै छ। जिल्लाको बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको हो।

बेलडाँडी गाउँपालिका–२ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको गाउँपालिकाका प्रवक्ता गजबहादुर विष्टले बताए। प्रवक्ता विष्टका अनुसार शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले अस्पतालको शिलान्यास गरे।

२०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अनुरुप बेलडाँडीमा स्थानीय सरकारले अस्पताल निर्माण कार्य चालु आर्थिक बर्ष ०७९÷०८० देखि नै शुरु गरेको हो। तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर २०७७ मा एकसाथ शिलान्यास गरेका थिए। प्रवक्ता विष्टले सम्झौतापछि पुसदेखि निर्माण कार्य शुरु गरेको बताए। 

कमेन्ट लोड गर्नुस