सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय विकास परिषदको बैठक सुरु

२०७५ चैत्र २०, ०२:१९ खबर संवाददाता

राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ। बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ। बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थ्विदलगायतको सहभागिता छ। आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ।

कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिए। १४ औं योजनाले लिएका धेरैजसो सुचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उनले दाबी गरे। पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत र्पुयाउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर र्पुयाउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत र्पुयाउने उल्लेख छ। 

यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली र्पुयाउने, ६५ प्रतिशतमा इन्टरनेट र्पुयाउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ। 

यस्तै सन् २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डरल र्पुयाउने, गरिबी ५ प्रतिशमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने, ४० हजार मेघावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, सतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा र्पुयाउने र सन् २१०० मा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ।  २ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस