बाजुरामा तत्काल स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

बैतडीः स्ववियु चुनाव तत्काल गर्न अनेरास्ववियुले माग गरेको छ।
स्ववियु चुनावको माग गर्दै बैतडी शिक्षा क्याम्पस शाहीलेकलाई अनेरास्ववियुले शुक्रबार ज्ञापन पत्र बुझाएको हो। स्ववियुको चुनावको माग गर्दै क्याम्पस प्रमुख हर्क बहादुर चन्दलाई ज्ञापन पत्र बुझाइएको अनेरास्वविु बैतडी शिक्षा क्याम्पस कमिटि अध्यक्ष करन दत्त पन्तले बताए।
गलत नियतका साथ चुनाव हार्ने डरले नेविसंघले तालाबन्दी गर्दा बैतडी शिक्षा क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन यथाशीग्र गराउन क्यामपस समक्ष ज्ञापन पत्र पेश गरिएको उनले बताए। अनेरास्ववियुले निर्वाचन चाहेको भन्दै चाँडो भन्दा चाँडो निर्वाचन प्रक्रिया सुरु गरी स्ववियु निर्वाचन सम्पन्न गराउन आग्रह गरिएको छ।
त्रिभुवन विश्व विद्यालय अन्तरर्गतको बैतडी शिक्षा क्याम्पसमा चुनाव रोकिएको छ। विद्यार्थी संगठनहरुबीच सहमति नभएकाले स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

