डडेल्धुरामा जिप दुर्घटना

२०७९ चैत्र १०, ०७:५९
डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना भएको छ।
डडेल्धुरा जिल्लाको सदरमुकामबाट रडुवातर्फ जादै गरेको से १ ज १०५९ नम्बरको जिप राई नजिकै शुक्रबार दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित १२ जना सामान्य घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ। उनीहरुमध्ये ६ जनाको डडेल्धुराको जिल्ला अस्पतालमा उपचार भइरहेको र ६ जनाको डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ।
जिप सडकमै पल्टिएको थियो। दुर्घटनाको कारण भने खुलेको छेैन्।


कमेन्ट लोड गर्नुस