बैतडीमा कोरोनासँगै एचआइभी र मलेरियाको जाँच गरिदै

बैतडीः बैतडी जिल्लामा भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य चेकजाँच कार्य भइरहेको छ।
जिल्लाको झुलाघाट नाकामा भारतसंग सीमा जोडिएका बैतडीका नागरिकको स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ। अहिले पनि भारतबाट स्वदेश फर्कनेको नाकामा परीक्षण भइरहेको हो। अहिले सीमा नाकाबाट स्वदेश फर्किरहेका नागरिकहरुको स्वास्थ्य परीक्षण गरेर घर पठाइरहेका झुलाघाट हेल्थडेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीले बताए।
कोरोनाका साथै अन्य रोगहरुको समेत परीक्षण गर्ने गरिएको धामीले बताए। पिथौरागढ सम्म काम गर्नेहरुको कोरोना मात्रै परीक्षण गर्ने गरिएको र त्यो भन्दा बाहिर काम गरेर फर्किनेको एचआइभी र मलेरियाको समेत परीक्षण भइरहेको छ। बैतडीमा कोरोना परीक्षण भइरहे पनि आवश्यक स्वास्थ्य किडको भने अभाव रहेको छ।

अहिले नयाँ भेरियन्ट होकि होइन भन्नका लागि यकिन गर्ने भिटिएम ट्युब नभएका कारणले समस्या भइरहेको हेल्थ असिसटेन्ट धामीले बताए।