वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

२०७९ चैत्र १०, ०७:२६
काठमाडौं: वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। ८६ वर्षीया ताम्राकारको गए राति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो।
वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाइएको छ।


कमेन्ट लोड गर्नुस