सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसमा अनेरास्ववियुका जोशी विजयी

२०७९ चैत्र ९, ०९:१२ खबर संवाददाता

कैलालीः कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका उम्मेदवार यमराज जोशी विजयी भएका छन्।

उनका प्रतिद्धन्द्धी रहेका नेविसंघका हरिश खत्रीलाई पराजीत गर्दै विजयी भएका हुुन्। ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन्।प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन्। बोहराले ५८३ मत ल्याए।

कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन्। प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका दिनेशराज जोशीलाई पराजीत गरेकी हुन्। चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत प्राप्त गरेका थिए। पदाधिकारीको मतपरिणाम सार्वजनिक भएपनि सदस्यहरुको गणना गर्न बाँकी छ। 

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो।

कमेन्ट लोड गर्नुस