सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आँखा शिविरबाट दुई हजार बढी लाभान्वित

२०७९ चैत्र ९, ०७:२२ खबर संवाददाता

कैलालीः  कैलालीमा तीन दिनसम्म चलेको आँखा शिविर बुधबार सम्पन्न भएको छ।

नेपाल नेत्रज्योति सघं, गेटा आँखा अस्पताल, रोटरी क्लव अफ बाँके र अष्ट्रेलियाको आयोजना तथा विभिन्न स्थानिय पालिकाहरुको समन्वयमा शिविर सञ्चालन गरिएको थियो। शिविर चैत ६ गतेदेखि ८ गते सम्म कैलाली जिल्लाका लम्कीचुहा नगरपालिकाको प्रतापपु्र,बर्दगोरिया गाउँपालिका चार नम्बर वडा र कैलारी गाउँपालिको हसुलियामा संचालित भएको थियो।

उक्त शिविरबाट २ हजार चार १४ जनाले आँखाको उपचार गराएका थिए। जसमध्ये २५० जनाको तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा गेटा आँखा अस्पताल टीकापुर, आँखा उपचार केन्द्र धनगढी र गेटा आँखा अस्पतालमा मोतिविन्दुको निःशुल्क अप्रेशन भई रहेको छ। उक्त शिविरमा १ हजार पाँच सय ८५ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको र अन्यलाई औषधि उपचार गरिएको थियो।

शिविरहरुमा सेवा लिने मध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु घर नजीकै सेवा पाउँदा हर्षित भएका थिए। गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्ट सहित रोटरी क्लब अष्टे«लिया र बाँकेका गरी २५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए।

शिविरमा स्थानीय पालिकाका पदाधिकारीहरु, रोटरी क्लबका पदाधिकारीहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएका थिए। सुदुरपश्चिम प्रदेशका बासिन्दाको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा दिइरहेको रहेको छ।           

कमेन्ट लोड गर्नुस