सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भरुवा बन्दुक फेला

२०७९ चैत्र ९, ०५:३६ खबर संवाददाता

अछामः अछाममा वेवारिसे अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको छ।

जिल्लाको चौरपाटी गाउँपालिका–५ भिमड खोलामा वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीटोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस