सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दुर्गालक्ष्मीमा नेविसंघका महरा प्यानल विजयी

२०७९ चैत्र ९, ०७:४७ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका भुवन महरा प्यानल विजयी भएका छन्। स्ववियु (स्वतन्त्र विधार्थी युनीयन)सभापतिमा नेपाल विधार्थी सघं(नेविसंघ)का भुवन महरा प्यानल सहित विजयी भएका हुन्। महराले ३७४ मत पाएका छन्।

सचिवमा महरा प्यानलबाटै ३९९ मत सहित बम बहादुर महरा विजयी भएका छन् भने कोषाध्यक्षमा ज्योति साहु ४०८ मत सहित विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा भागरथी विष्ट, लाल बहादुर खत्री, सुनील बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साँउद, अमृता विक र दिनेश खड्का विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस