सुदूर नेपाललाई विश्वसँग जोड्दै

घण्टेश्वर सेती महाकाली क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीकी सरस्वती विजयी

२०७९ चैत्र ८, ०९:२२ खबर संवाददाता

डोटीः जोरायल गाउँपालिका ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तीकारीको संयुक्त प्यानल विजयी भएको छ।

सुदुरपश्चिम विश्वविद्यालय अन्तरगत रहेका क्याम्पसहरुमा बुधबार हुने निर्वाचन कार्यतालिका अनुसार घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा संयुक्त प्यानल विजयी भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिमका अनुसार नेपाली कांग्रेस निकट नेविसघं, नेकपा ऐमाले निकट अनेरास्ववियु, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी गरि तिन वटाले संगठन दर्ता गरेका थिए।

अन्तिममा चुनाबी प्रक्रिया अनुसार नेविसघं एकल रुपमा लडेको थियो भने अनेरास्ववियु र अखिल क्रान्तीकारी संयुक्त गठबन्धन गरेर चुनाबी प्रक्रियामा भाग लिएका थिए। बुधबार भएको निर्वाचन अनुसार संयुक्त प्यानलका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार सरस्वती कुमारी कामीले ४४ मत प्राप्त गरी विजयी भएकी छन्, भने उनका प्रतिद्धन्दी नेविसघंका अध्यक्षका उम्मेदवार सुशिल भट्टले ३४ मत प्राप्त गरेका थिए।

त्यस्तै सचिबमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्ववियुकी बसन्ती थापाले ५० मत प्राप्त गरेकी छन भने उहाँका प्रतिद्धन्दी नेविसघंकी नानु मल्लले २६ मत प्राप्त गरेकी छन्। कोषाध्यक्षमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्ववियुका बम बहादुर खत्रीले ४९ मत प्राप्त गरेका छन भने उहाँका प्रतिद्धन्दी नेविसघंकी कोकीला बोहराले २७ मत प्राप्त गरेकी छन्।

त्यस्तै सदस्यमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्ववियुका कमला सार्कि, बिष्ना कुमारी बोहरा, लक्ष्मी कुमारी साउँद, रक्षा अवस्थी विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस