सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका २७ प्रतिशत नागरिक शुद्ध खाने पानीको पहुच बाहिर

२०७९ चैत्र ८, ०८:४५ खबर संवाददाता

दिपा भण्डारी, अछामः अछाममा २७ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुच बाहिर रहेको पाइएको छ।

सरकारी तथ्याँक अनुसार जिल्लाको ७३ प्रतिशत नागरिकमा मात्र शुद्ध खानेपानीको पहुच पुगेको हो। जिल्लाको सदरमुकाम मंगलसेनमा समेत खानेपानीको समस्या हुने गरेको छ। मंगलसेनमा खाने पानीको सुविधा भएपनि पर्याप्त छैन। मंगलसेन नगरपालिका वडा नम्बर ४ का स्थानीय रमेश नेपालीले पानीका ट्याँकीहरु फोहार हुने गरेको बताए। पुराना र फोहोर पानीका ट्याँकीको पानी धारामा वितरण हुँदै आएकाले मानिसमा रोगको जोखिम रहेको उनको तर्क छ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कमल बजार र बिनायकका नागरिकलाई खाने पानीको पहुंचमा ल्याउन रुडेक नेपालले काम गर्दैछ। रुडेक नेपालका कार्यक्रम संयोजक टिकेन्द्र भन्डारीले बिगत लामो समयदेखि संस्थाले अछाममा थुपै्र काम गरिरहको बताए। अछाम जिल्लाका सबै नागरिकलाई शुद्ध खाने पानीको पहुचमा ल्याउन सरकारी लक्ष्यमा संस्थाले सहयोग गरेको दाबी उनको छ। जिल्लाका ७३ प्रतिशत नागरिकले मात्र शुद्ध खाने पानी पाएको तथ्याँक रहेको उनले बताए।

खानेपानि तथा सरसफाइ कार्यलयले विभिन्न स्थानिय तहमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताएको छ। खानेपानि तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख सुरेशबहादुर शाहा अछामा करिब ७३ प्रतिशत नागरिक  खानेपानिको पहुंचमा पुगेको बताए। पानी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले ‘एक घर, एक धारा’ अभियानले जिल्लाका सबै नागरिकमा खानेपानीको पहुँच पुग्ने दाबी गरेका छन्।

जिल्लाका सत प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुच पुगाउन आयोजनाहरु सञ्चालनमा रहेको उनले बताए। मानव शरिरका लागि पानी महत्वपूर्ण हुन्छ। पानी सरसफाई तथा अन्य दैनिक जीवनका लागिसमेत प्रयोग गरिन्छ। दुषित पानीका कारण झाडापखाला तथा छाला सम्बन्धिका रोगहरु लाग्ने हुन्छ। वरिस्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुङगाना पानी स्वस्च्छ जीवनका लागि अति आवस्यक हरेको बताए।

संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन १९९३ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो। पानी भएकै ठाउँमा जीवन सम्भव भएकाले पानी नै जीवन हो भन्ने गरिन्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरुको दाबी छ।
 

कमेन्ट लोड गर्नुस