सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर विद्यालयहरुको अनुगमन गर्नेछुः मेयर महरा

२०७९ चैत्र ८, ०७:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा शिक्षाको गुणस्तर सुधारका लागि मुल्याङ्कनमा तीव्रता दिन थालिइएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तीव्रता दिएको छ। नगरपालिकाले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरिरहेको छ। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, शिक्षा शाखा प्रमुख सुरेश भट्ट, प्राविधिक सहायक दिपेन्द्र भट्टलगायतको टोलीले वडा नं. ३, ४ र ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको छ।

शुक्लाफाँटामा ३२ सामुदायिक र २५ वटा संस्थागत विद्यालय छन्। विद्यालयहरुको शैक्षिक अवस्था सुधार र आगामी शैक्षिक सत्रका लागि योजना बनाउन अनुगमन गरिरहेका छौं,’ नगर प्रमुख महराले भने, ‘अहिले कक्षा ८ को परीक्षा भइरहेका छन्, त्यसको पनि अनुगमन गरिहेका छौं।’ नगरभित्रका सबै विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त रहेको उनले बताए।

नगरपालिका भित्ररहेका हरेका विद्यालयमा प्रयाप्त मात्रामा भौतिक संरना भएपनि शिक्षाको गुणस्तर चित्तबुझ्दो नरहेकाले गुणस्तरमा सुधार ल्याउन अब, नियमित मुल्याङ्कन गर्ने नगर प्रमुख महराले बताए।

कमेन्ट लोड गर्नुस