सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम विश्वविद्यालय आङ्गिक दुई विद्यालयमा नेविसघंको जित

२०७९ चैत्र ८, ०६:११ खबर संवाददाता

बैतडीः नेविसंघले सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक विद्यालय बैतडीको मणिलेकमा जित हात पारेको छ।

जिल्लाको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन्। नेविसंघका भट्टले ७० मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए। मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै चुनाव लडेको थियो।

सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट विजयी हुदा कोषाध्यक्षमा पनि नेविसंघकी सुशीला नेगी विजयी भएकी छिन् । यस्तै सदस्यहरुमा नेविसंघका दिनेशसिंह साउँद,पूजा चन्द,सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भएका छन्।समानुपातिकतर्फको मतगणना जारी रहेको छ।

यो सँगै नेविसघंले सुदुरपश्चिम विश्वविद्यालय आङ्गिक दुई विद्यालयमा विजयी हाँसिल गरेको छ। अर्को जित डोटीको सीताराम बहुमुखी क्याम्पसमा भएको छ।

कमेन्ट लोड गर्नुस