सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

२०७९ चैत्र ४, ०७:०६ खबर संवाददाता

काठमाडौं: अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। बीबीसीका अनुसार पुटिनमाथि युद्ध अपराधको आरोप लगाइएको छ। बालबालिकालाई गैरकानुनी तरिकाले युक्रेनबाट रुस पठाएको अभियोग पनि छ।

सले युक्रेनमा आक्रमण थालेको दिन २४ फेब्रअरी २०२२ देखि नै अपराध भएको भनिएको छ। रुसले भने आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्विकार गरेको छ। पक्राउ पुर्जीको जवाफ दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको कुनै अर्थ नरहेको बताएकी छन्। प्रवक्ता मारिया जखारोभाले आफ्नो टेलीग्राम च्यानलमा भनेकी छन्, ’अन्तर्राष्ट्रिय अपराध अदालतको फैसलाले हाम्रो देशको कानुनी दृष्टकोणमा कुनै अर्थ राख्दैन।’

कमेन्ट लोड गर्नुस