सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहोरमैला व्यवस्थापनका लागि चिनिया कम्पनीसँग सम्झौता

२०७९ चैत्र ३, ०५:३८ कमल सावद

धनगढीः धनगढीमा फोहोरमैलाको दिर्घकालिन समस्या समाधानका लागि चिनिया एक कम्पनीसँग सम्झौता गरिएको छ। दुई वर्षभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनिया कम्पनीसँग निर्माण सम्झौता गरिएको हो। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ।

क्षेत्रीय सहरी विकास आयोजनाले दुई वर्षमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चीनिया कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको छ।

९६ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँ ६३ पैसामा धनगढीमा दुई वर्षभित्रै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुनेछ। गत पुस १४ गते ७३० अथार्त दुई वर्षमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न सम्झौता भएको छ। फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा दुई हजार रुख कटानी गर्नुपर्ने छ।

रुख कटानका लागि वातावरणीय प्रभाव मुल्याँकन (इआए) समेत स्वीकृत भइसकेको छ। गत फागुन १५ गते इआए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले बताएको छ। केन्द्र निर्माणपछि धनगढीको फोहोर व्यवस्थापनमा सहज हुनेछ। फोहोरमैला व्यवस्थापन केन्द्रमा रोजगारीको समेत सृजना हुने बताइएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस