नेपालले पाँचौँ विकेट गुमाउँदा १ सय ८१ रन बनायो
काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशतक बनाएर आउट भए। नेपालका लागि भिमले ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए।
नेपालले ३३.५ ओभरमा १८१ रन बनाएकोछ। गुल्सन झा र आरिफ शेख खेलिरहेका छन् भने युएइका हनरथ विलाल बलिङका लागि आएका छन्।