सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पाँच जना महिलाहरुले गरे दुना टपरी उद्योग सञ्चालन

२०७९ चैत्र २, ०४:०२ खबर संवाददाता


बैतडीः बैतडी जिल्लाको एक पालिकामा महिलाहरुले दुना टपरीको उद्योग सञ्चालन गरेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिकाकि महिलाहरुले सामुहिकरुपमा दुना टपरी उद्योग सञ्चालन गरेका छन्। दशरथचन्द नगरपालिका ६ का महिलाहरुले गाउँघरमै उपलव्ध हुने कच्चा पदार्थको सदुपयोग गरी गाउँमै रोजगारी उत्पादन गर्ने हेतुले उद्योग सञ्चालन गरेका हुन्।

स्थानीय स्थरमै पाइने सालका पातहरुलाई सदुपयोग गरी  दुना टपरी उद्योग खोलेर महिलाहरुलाई आत्मनिर्भर पार्ने योजनाका साथ  उनीहरुले दुना टपरी उद्योग स्थापना गरेका छन्। अक्सफाम नेपाल रुडेस बैतडीको आर्थीक तथा प्राबिधिक सहयोगमा उद्योग सञ्चालन गरेका हुन्। ५ जनालाई पहिले प्रशिक्षक तालिम दिईएको र अहिले गाउँमा ३० जना लाई तिनै ५ जनाले सिकाई रहेका छन्।

संस्थाले निरपाल महिला शसक्तीकरण गठन गरी सामुहिक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्योगमा सहयोग गरेको ग्रिन परियोजना बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताए।


 

कमेन्ट लोड गर्नुस