सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति

२०७५ चैत्र १९, ०२:५२

चक्र मल्ल
डोटी-सोमबार राती हावाहुरी संगै परेको असिना पानीले डोटीको सायल गाँउपालिका र पुर्विचौकी गाँउपालिकामा अन्न तथा तराकारी खेतीमा क्षती पुगाएको छ। रातीको समयमा आएको असिनापानीले पाकेर भित्र्याउने अबस्थामा पुगेको लाखौ मुल्य बराबरको गहुँबालीमा क्षती पुगाएको स्थानिय करन देउवाले जानकारी दिए।

सायलको कौराडी, छपाली, साप्रा, बेटारा लगायतका क्षेत्रहरुमा क्षती पुगाएको सायलका डबल साँउदले बताए। पुर्विचौकी गाँउपालिकामा पनि असिना पानीले क्षेति पुराएको पुर्विचौकीकाका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस