सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यानमारको एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु

२०७९ चैत्र २, ०६:०६

म्यानमार: म्यानमारको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको ‘म्यान्मा नाउ’ले जनाएको छ। स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन्। 

यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि शनिबार नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ। म्यान्मा नाउले स्वतन्त्र रूपमा पुष्टि गरेको ‘क्यारेनी नेसनलिटीज डिफेन्स फोर्स (केएनडीएफ) ले सार्वजनिक गरेको तस्बिरमा मृतकको टाउको र शरीरका अन्य भागमा गोली लागेको स्पष्ट देखिन्छ।

गुम्बाका भित्ताहरूमा तल भुइँमा रगतले लतपतिएका शवहरू पङ्क्तिबद्ध भएर लडेको देखिन्छ। केएनडीएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस