आमचौरा–बिनायक सडकले स्थानियलाई प्रत्यक्ष लाभ हुनेछः अध्यक्ष चन्द
बैतडीः बैतडीमा भारत जोड्ने व्यापारिक सडक स्तरोउन्नति भएपछि स्थानिय खुसि भएका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आमचौराबाट महाकाली किनारको बिनायकघाट जोड्ने सडकमा स्तरोन्नतिको काम मंगलवार सुरु भएको छ। एक कार्यक्रमकाबीच पालिका अध्यक्ष गोरखबहादुर चन्दले सडक स्तरोन्नति कार्यको उद्घाटन गरेका हुन्। उक्त सडक स्तरोउन्नतिको सम्झौता राजधानी कन्सट्रक्सनसँग गरिएको छ।
२ करोड १४ लाख रुपैयाँमा कम्पनिसँग ठेक्का सम्झौता भएको छ।। सडक ‘डबल कटिङ, ड्रेन र ग्राभिल सडक निर्माण गरिने,’ अध्यक्ष चन्दले बताए। उनले ‘यसले गर्दा भारतीय नाकासँगको पहुँच बढ्ने र स्थानीयलाई पालिका केन्द्र आवतजावत गर्न पनि सहजहुनेमा विश्वास रहेको बताए।
रोजगारीका लागि स्थानीय भारतीय सहर, बजारतर्फ जानगरेकोले सडक स्तरोन्नतिले यहाँका स्थानीयहरुलाईनै प्रत्यक्ष फाइदा पुग्ने हुनाले पालिकाले यो सडकलाई प्राथमिकतामा राखेको चन्दले बताए।बिनायकघाटबाट किस्तीमा नदी वारपार गरिन्छ,नदीजन्य पदार्थको पनि पालिकाले ठेक्का दिने गरेकोले स्थानियलाई थप सहज हुने पालिकाले विश्वास लिएको छ।