सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले घर घे¥यो

२०७९ फाल्गुन ३०, ०५:४२ खबर संवाददाता

एजेन्सीः सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका छन्।

लाहोरको जमान पार्कमा प्रहरी पुग्दाखेरी खानको पाकिस्तान तहरीक ए इन्साफ दलका कार्यकर्ताहरू भेला भएका छन्। जमान पार्कमा आउन अनि शान्त रहन कार्यकर्ताहरूलाई पीटीआईका नेताहरूले आग्रह गरेका छन्।  खानलाई कुन जाहेरीका आधारमा पक्राउ गर्न लागिएको हो भनी इस्लामाबाद प्रहरीले विस्तृत विवरण दिन मानेको छैन।

इस्लामाबाद डीआईजी (अपरेसन्स)  शाहजाद बुखारीले प्रहरी न्यायिक प्रक्रिया गर्न खोजेको र सबैले यसमा प्रहरीलाई सहयोग गर्ने आशा व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस