सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा किसानले सहुलियत मिटर पाएनन्

२०७५ चैत्र १९, १२:२३ कमल सावद

कैलालीको गोदावरी नगरपालिका ६ मा १० बिगाहमा केरा खेती गर्दै आएका नारदप्रसाद पन्तले २०७४ चैत्रमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा सिँचाई मिटरका लागि निवेदन दिए। तर पटक–पटक सिँचाई मिटरका लागि विद्युत प्राधिकरण धाउँदा समेत निवेदनमाथी अहिले सम्म सुनवाई भएको छैन्। विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रले पन्तलाई सहुलियत मिल्ने किसान सिँचाई मिटर दिनुको सट्टा उद्योग प्रयोजनका लागि विद्युत मिटर जडान गर्न दवाव दिदै आएको छ। उनले मिटरका लागि विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र धाउदा–धाउदा हैरान भएको् बताए।

पन्त जस्तै कैलालीका धेरै किसानले सिँचाई मिटर नपाएको गुनासो गरेका छन्। गोदावरी नगरपालिकामा भागेश्वर कृषि गाई भैसी फार्म सञ्चालन गर्दै आएका ठक्कर शाहीले  सिँचाई मिटर पाएका छैनन्। उनले सो क्षेत्रका धेरै किसानले सहुलियत मिटर नपाएको बताए। शाही जस्तै पाँच वर्ष देखि राम कुँवरले पनि सिँचाई मिटर पाएका छैनन्। गोदावरीमा नन्देश्वरी कृषि फार्म सञ्चालन गर्दै आएका कुँवरले ६ बिगाह क्षेत्रमा केरा खेती गर्दै आएका छन्। उनले  सिँचाई सुविधा नपाएपछि केरा खेतीको क्षेत्रफल घटाउने पक्षमा रहेको बताए। व्यवसायिक कृषि गर्ने किसानले सहुलियत मिटर नपाएको भन्दै उनले आक्रोश व्यक्त गरे। प्रति महिनामा खपत हुने विद्युत युनिटको आधारमा प्राधिकरणले विद्युत महसुल लिने गरेको हुन्छ।

शुन्य देखि २० युनिट सम्म खपत भए प्रति युनिट तीन रुपैया, २१ देखि ३० सम्म चार , ३१ देखि ५० युनिट सम्म आठ रुपैया ५० पैसा, ५१ देखि १५० युनिटको १० रुपैया, एक सय ५१ युनिट  देखि दुई सय ५० को प्रतियुनिट ११ रुपैया प्राधिकरणले मासिक लिने गर्दछ। दुई सय ५१ देखि चार सयको १२ र चार सय  देखि माथिको प्रति युनिट १३ रुपैया प्रधिकरणले उपभोक्ताबाट लिन गर्दछ। तर कृषि प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले दिएको मिटरको प्रति युनिटको चार रुपैया ३० पैसा मात्र शुल्क लाग्छ। किसानका लागि धनगढी वितरण केन्द्रले आठ  सय ४५ र अत्तरियाबाट एक सय ४६ सिँचाई मिटर वितरण भएका छन्। तर ती मिटरहरु पहुँचवाला र राजनीतिक दलका झोले किसानले मात्र पाएका आरोप लागेको छ। यता विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले भने किसानलाई मिटर दिएको दाबी गरे। स्थानीय तहको कृषि शाखाको सिफारीस सहित आएका किसानलाई मिटर दिएको उनले बताए। 
धनगढी वितरण केन्द्रले किसानका लागि दिइने सिँचाई मिटर नदिएपछि कैलालीका किसानहरुले विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पत्र पठाएका छन्। तर पत्रको पनि कुनै जवाफ आएको छैन्। 
नेपाल विद्युत प्राधिकरणले किसानका लागि दिने सहुलियतको सिँचाई मिटर कैलालीका किसानले नपाएको गुनासो गरेका छन्। प्रति यूनिटको चार रुपैयाँ ३० पैशा मात्र पर्ने सिँचाई मिटर किसानले नपाएका हुन्। पटक–पटक विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रमा धाउँदा पनि मिटर नपाएको किसानले गुनासो गरेका छन्। उनीहरुले किसानका लागि आएको सरकारको अनुदान वास्तविक किसानले नपाएको तर झोले किसानहरुले अनुदान र सरकारी सेवाको दुरुपयोग गर्दै आएकाले वास्तविक किसान मर्काम पर्ने गरेका गुुनासो सुनाएका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस