सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार विद्यार्थी संगठनद्धारा सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

२०७९ फाल्गुन २८, ०७:४८ खबर संवाददाता

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयमा चार विद्यार्थी संगठनद्धारा तालाबन्दी गरिएको छ।

विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विद्यार्थीलाई वञ्चित गराउन खोजेको आरोप लगाउँदै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। आइतबार चार विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस  रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको छ।

नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेय पक्षधर नेविसंघ, नेकपा विप्लव, बहुमत निकट अखिल क्रान्तिकारी र राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन समितिको कार्यकक्ष र रजिस्ट्रार यज्ञराज पाठकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले स्थानीय विश्वविद्यालयबाटै विद्यार्थीको हक अधिकार वञ्चित हुने गरी निर्वाचन कार्यविधि बनाइएकाले सच्याउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा तालाबन्दी गरिएको बताए। उनले त्यो सच्याउनुपर्ने हाम्रो माग हो, सबै विद्यार्थीलाई मताधिकारको अधिकार सुनिश्चित गराउनुपर्ने बताए।

तालाबन्दीका कारण उक्त क्याम्पसमा मनोनयन दर्ता समेत हुन सकेको छैन्। 

कमेन्ट लोड गर्नुस