सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १० करोडमा निर्माण गरिएको डिबी कम्प्लेक्सको उद्घाटन

२०७९ फाल्गुन २७, ०६:४२ खबर संवाददाता

धनगढीः धनगढीमा १० करोडमा निर्माण गरिएको डिबी कम्प्लेक्सको उद्घाटन गरिएको छ। शनिवार एक कार्यक्रमको बिच कम्प्लेक्सको उद्घाटन गरिएको हो। 

धनगढी  उपमहानगरपालिका वडा नम्बर ४ नवजीवन अस्पताल नजिक, घरेलु मार्गमा संगम थापाले १० करोडको लागतमा डिबी कम्प्लेक्स प्रालिको निर्माण गरेका हुन्। आफ्नै ६ कट्ठा जग्गामा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो।

व्यापारिक कम्प्लेक्समा भुइँ तलामा ३२ र पहिलो तलामा ३२ गरि ६४ वटा सटर निर्माण गरिएको छ। आधुनिक र भूकम्प प्रतिरोधी भवन पूर्णतया वातानकूलित रहेको कम्प्लेक्सका सञ्चालन प्रवन्धक उपेन्द्र श्रेष्ठले बताए। पहिलो तलाका ३२ सटरको बुकिङ खुला छ। 

६ कट्ठा जमिनमध्ये साढे बाह्र हजार वर्ग फिट क्षेत्रफलमा बनेको कम्प्लेक्समा बत्ती गएमा जेनेरेटर व्याकअपमा राखिएको छ भने धनगढीको व्यस्त बजार क्षेत्रमा रहेकाले व्यापार गर्न सहज हुने भएकाले सबै सटर भाडामा लगाउने हिसावले कम्प्लेक्स निर्माण गरिएको सञ्चालकले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस