सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७९ फाल्गुन २७, ०६:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ बन्तरीयाबाट लागूऔषधसहित वडा नम्बर १० का २३ वर्षीय विवेक चौधरी पक्राउ परेका हुन्।

उनी ४ ग्राम ४१ मिलिग्रा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ५००४ नम्बरको  स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस