डोटीमा आगलागी, एक होटलमा क्षति
डोटीः डोटीको दिपायलस्थित पिपल्ला बजार नजिकैको एक होटलमा आगलागी भएको छ। शुक्रबार साँझ ७ बजेतिर चाउमिन पकाउने क्रममा ग्यास लिक भएपछि आगो फैलिएको अनुमान स्थानीयको छ।
मनकामना होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ। होटलसँगैको गिताञ्जली सुनचाँदी पसलमा पनि आगो सल्केको थियो। समयमै आगो निभाउन स्थानीय खटिएपछि थप क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ। क्षतिको विवरण भने आएको छैन्।
होटलको पक्की भवनअगाडि टिनले जोडेर बनाइएको भान्सा र काउन्टरमा क्षति पुगेको उद्धारमा खटिएका स्थानीय लोकराज पाठकले बताए। हरेक वर्ष दिपायल पिपल्ला बजारमा आगलागीका घटना हुँदै आएको छ।